कुमारी बैंकको धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा

१ बर्ष अगाडि

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।

 वीरगन्जको द हवि अटोले धितोमा राखेको ११८ वटा सवारी साधन बैंकले लिलामी गर्ने भएको हो ।

बैंकले शाखा कार्यालय वीरगन्ज र सिर्सिया, पर्साको धितोमा रहेको सम्पति लिलाम बिक्री गर्ने बताएको छ । द हवि अटोका सञ्चालकलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । रितपूर्वतक प्राप्त बोलपत्र बैशाख ११ गते खोलिने बैंकले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया