विदेशी मुद्राको विनिमय दर - कुनको बढ्याे कुनको घट्याे ?

मंगलबार, २८ चैत्र २०७९, ०६ : ०७

काठमाडौँ-  नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७८ पैसा र बिक्री दर १४३ रूपैयाँ ४३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७६ पैसा र बिक्री दर १६३ रूपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

मंगलबार, २८ चैत्र २०७९, ०६ : ०७

प्रतिक्रिया