महसुल नतिर्ने उद्योगप्रति प्राधिकरणले लियो कठोर निर्णय, काट्यिो रोल्पा सिमेन्टको लाइन

आइतबार, ०३ बैशाख २०८०, १७ : ५१

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगप्रति कठोर निर्णय लिए सँगै  करोडौं महसुल बक्यौता रहे पनि नतिर्ने उद्योगहरूको धमाधम लाइन नै काट्न थालेको  छ ।

 प्राधिकरणले यसअघि दाङमा अवस्थित सोना सिमेन्टको लाइन काटेको थियो । उद्योगले बक्यौताबापतको ७५ करोड ५९ लाख रुपैयाँ नतिरेपछि प्राधिकरणको नेपालगन्जस्थित क्षेत्रीय वितरण केन्द्रले लाइन नै काटिदिएको थियो ।

लगत्तै, आज प्राधिकरणको टोलीले रोल्पा सिमेन्टको लाइन काटेको छ । रोल्पा सिमेन्टले बिजुली बाले बापतको ८ करोड ४४ लाख रुपैयाँभन्दा धेरै बक्यौता तिर्न बाँकी छ । आज पनि रोल्पा वितरण केन्द्रले नै लाइन काटिदिएको हो । यसअघि पटक–पटक बक्यौता रकम तिर्न आग्रह गरे पनि नमानेपछि लाइन नै काटेको प्राधिकरणले जनाएको छ ।

आइतबार, ०३ बैशाख २०८०, १७ : ५१

प्रतिक्रिया