काठमाडौँ - नयाँ वर्ष २०८० लाई स्वागत गर्दै नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकका लागि आकर्षक नयाँ योजना ल्याएको छ।
“नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार” योजनाले ग्राहकले माइडियाको चयन गरिएका उत्पादनहरु खरिद गर्दा निश्चित उपहारहरु प्राप्त गर्न सक्नेछन् भने कुनै पनि माइडियाको उत्पादनहरुको खरिद गर्दा लक्की ड्रमार्फत दुबई भ्रमण गर्ने अवसर पाउनेछन्। निश्चित उपहारहरुका लागि ग्राहकले ६ र ७ केजीको वासिङ मेसिन र डबल डोर रेफ्रिजरेटरकोे खरिदमा क्रम्पटन ड्राइ आइरन, ८ र ९ केजीको वासिङ मेसिन र शोकेसको खरिदमा १ लिटर माइडिया राइस कुकर, १० केजी वासिङ मेसिन र (८ केजीर६ केजी) वासर ड्रायरकोे खरिदमा १.८ लिटर माइडिया राइस कुकर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै मल्टी डोर रेफ्रिजरेटरको खरिदमा माइडिया इन्डक्सन कुकर र साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा माइडिया एयर फ्राइर प्राप्त गर्न सक्नेछन्।
यो ग्राहक योजना चैत १७ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको छ।
प्रतिक्रिया