काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज वैशाख ६ गते बस्दै छ। कम्पनीले आज मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा गर्न लागेको हो ।
कम्पनीको चैत २० बसेको सञ्चालक समितिको बैठकले वैशाख ६ अर्थात आज अग्रवाल सेवा केन्द्र कमलपोखरीमा, बिहान १०ः३० बजेसभा बोलाएको थियो।
सभाले प्राइम लाइफ, युनियन लाइफ, र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । तीन कम्पनी एक आपसमा गाभिए पश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
चलरअचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको सेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं १ मा रहेनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २८ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको थियो ।
प्रतिक्रिया