आज युनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा बस्दै

बुधबार, ०६ बैशाख २०८०, ०८ : ४५

काठमाडौँ  - युनियन लाइफ इन्स्योरेन्सको आज अर्थात वैशाख ६ गते विशेष साधारणसभा बस्दै छ। कम्पनीको मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले आज विशेष साधारण सभा बोलाएको  हो ।

युनियन लाइफ कम्पनीको सञ्चालक समितिकको  चैत १९ गते बसेको बैठकले आज अर्थात वैशाख ६ गते टाइगर प्यालेस भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेसभा बोलाएको छ। 

यस विशेष सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । तीन कम्पनीबीच एक आपसमा गाभिए पश्चात बन्ने " हिमालयन लाइफ इन्स्योरेन्स"को नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं १ मा रहेनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २७ गते एक दिनको लागि बुक क्लोज गरेको थियो। 

बुधबार, ०६ बैशाख २०८०, ०८ : ४५

प्रतिक्रिया