प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल, कस्तो आउला निष्कर्ष ?

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ०६

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भएको बुझिएको छ ।


यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए । 

त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।  

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ०६

प्रतिक्रिया