उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द हुदैँ

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ४८

काठमाडौँ - वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ। 

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ। 

 उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ।

वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

 

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ४८

प्रतिक्रिया