सिंहदरबारको फोहोर उठाउन  मेयर बालेन्द्र शाहलाई आदेश

शुक्रबार, ०८ बैशाख २०८०, १७ : २९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

मेयर साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै गत चैत २५ गतेदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

1

२

 

शुक्रबार, ०८ बैशाख २०८०, १७ : २९

प्रतिक्रिया