ट्वीटरले मासिक रकम नतिर्नेमाथि लियो एक्सन, खोसियो रोनाल्डोको  ‘ब्लूटिक’

शनिबार, ०९ बैशाख २०८०, १३ : १५

काठमाडौँ - अमेरिकी लगानीकर्ताको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्वीटरले एकैपटक हजारौं मानिसहरुको ब्लूटिक हटाएको छ । ट्वीटरलाई टेस्लाका मालिक एलन मस्कले किनेपछि मासिक निश्चित रकम तिरेपछि मात्रै ब्लूटिक पाउने व्यवस्था गरेका थिए । यो व्यवस्थाअनुसार आफ्नो ब्लूटिक जोगाउन भेरिफाइड एकाउन्ट धनीहरुले वार्षिक ८४ अमेरिकी डलर तिर्नुपर्ने थियो । अन्यथा, मस्कले बारम्बार ट्वीटरको ब्लूटिक हट्ने बताइरहेका थिए । आफ्नो पूर्व चेतावनीअनुसार वार्षिक वा मासिक ट्वीटरलाई पैसा नतिर्ने प्रयोगकर्ताको ब्लूटिक हटिरहेको छ ।

  यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो समेत सामेल भएका छन् । ट्वीटरले रोनाल्डोको ब्लूटिक समेत हटाइदिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । रोनाल्डोको ट्वीटर एकाउन्टमा १०८ मिलियन फलोअर्स छन् ।
 

शनिबार, ०९ बैशाख २०८०, १३ : १५

प्रतिक्रिया