९ महिनामा १७ करोडको पापड आयात

शनिबार, ०९ बैशाख २०८०, १३ : २५

काठमाडौँ - चालू आर्थिक वर्ष २०७९–८० को ९ महिनामा करोडौं रुपैयाँ बराबरको पापड आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको तथ्यांकअनुसार ९ महिनामा १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो ।

   विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड भित्रिएको छ । यो परिणामको पापड ल्याउँदा आयातकर्ताले सरकारलाई ९ करोड ४० लाख रुपैयाँ राजश्व बुझाएको छ ।

 नेपालमा भित्रिने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट आउने गरेको छ । नेपालबाट समेत विदेशतर्फ पापड निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको छ ।

शनिबार, ०९ बैशाख २०८०, १३ : २५

प्रतिक्रिया