काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ुनरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानुको वार्षिक केन्द्रीय सभा हुँदैछ।
महालक्ष्मीस्थान, ललितपुरस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा शनिवार दिनको ठिक २ बजे सुरु हुने सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड प्रतिष्ठानका संरक्षक समेत हुन्।
सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालको विशेष आतिथ्यता रहने जनाइएको छ।
०७३ मा स्थापित प्रतिष्ठानले देशैभरी शाखाहरु विस्तार गरेको छ। सचिव शंकर दुलालका अनुसार नेपाली वाम(लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य हो। प्रतिष्ठानले बैज्ञानिक र रोजगामुलक क्षेत्रमा विशेष योगदान पुर्याउन बहुप्राविधिक शिक्षालयहरु समेत सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया