उपनिर्वाचन : आज बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान

आइतबार, १० बैशाख २०८०, ०७ : ११

काठमाडौं - आज बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुदैँछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुदैछ । 

चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा आजउपनिर्वाचन हुन लागेको हो । यस्तै बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपति बनेपछि सोही क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो ।, यस्तै तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो क्षेत्रमा पनि आज उपनिर्वाचन हुदैछ । 

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने र एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुदैछ । यस्तै बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धी हुँदैछ । यस्तै तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेबी चभीडन्त हुने हुँदैछ ।

आइतबार, १० बैशाख २०८०, ०७ : ११

प्रतिक्रिया