नर्भिक हस्पिटलको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

आइतबार, १० बैशाख २०८०, १६ : २९

काठमाडौँ - देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । 
हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाडौको याक एण्ड यति होटलमा एक समारोहका बीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो । 

समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे । 

 ‘नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछुः मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ । म देखिरहेको छु, मेरो पिताजीको स्वप्नबाटिका, जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवेश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन्,’ चौधरीले भने, ‘यस्तो स्वप्न बाटिकाको परिकल्पनाकार मेरा पुजनीय पिता स्व। लुनकरणदास चौधरी ज्यूको आज १०१ औं जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्दसुमन अर्पण गर्न चाहन्छु ।’

 उनले स्वास्थ्य विज्ञानमा जसरी नयाँ नयाँ सम्भावनाहरु प्रतिनिदिन थपिदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौति पनि बढिरहेको उल्लेख गर्दै भने–‘हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समन्नुत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं र रहनेछौं।’ 

सेवा बिस्तारका नयाँ नयाँ चुनौतिसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता पर्ने उल्लेख गर्दै आफूले जीवनको आधा समय खर्चिएर यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी पुत्री मेघा चौधरीको काँधमा आएको र उनले पनि नयाँ जोस र जाँगरका साथ नर्भिकलाई थप उचाई प्रदान गर्ने आशा व्यक्त गरे । 

  
 

आइतबार, १० बैशाख २०८०, १६ : २९

प्रतिक्रिया