उपनिर्वाचन :बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी

आइतबार, १० बैशाख २०८०, २३ : ३३

काठमाडौं- बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका लगभग संकलन सकिएको भएपनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 


उनका अनुसार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको छ । त्यसपछि सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।

आइतबार, १० बैशाख २०८०, २३ : ३३

प्रतिक्रिया