काठमाडौँ- गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।
विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्र ३ हजार ७ सय ७३ ले ज्यान गुमाएका थिए। यो संख्या उक्त भूकम्पमा भएको कुल मानवीय क्षतिको झण्डै ४५ प्रतिशत हो। यो जिल्लामा भूकम्पमा परी सबैभन्दा बढी १ हजार ५ सय ३० महिला, ९ सय ३६ बालालिका र १ हजार ४६ पुरुषको मृत्यु भएको थियो।
शनिबारको दिन थियो । गाउँघरमा मकै छर्ने कार्यको बेस्तता पनि रहेको थियो । कोहि खाना खाएर आराम गर्दै थिए, कसैको भान्सा उठ्दै थियो त कोहि गाईबस्तुलाई पानि खुवाउदै थिए । कुनै कुराले मन पिरोलेझै त्यस दिन विहानै देखी मौसममा मधुरता छाएको थिएन ।
छुट्टिको दिन परेकाले बालबच्चाहरु आफ्ना परिवारका सदस्यहरुसँग रमाउदै थिए त्यतिकैमा केहि अनौठो आवाज आएजस्तो सुनियो । जमिन हल्लियो चारैतिर धुलो उड्यो, निराकार छायो । गाउँबस्ती धुलोमय भयो । विनाशकारी भुकम्प गयो ।

अग्रजले ठूलो संघर्ष र ठूलो तपस्याले सिर्जना गर्नुभएको भौतिक संरचना केवल सम्झना मा मात्र सिमित हुन पुग्यो । भौतिक संरचनाका साथै उक्त घरहरु मठमन्दिर तथा पाटीपौवाले बोकेको सांस्कृतिक, परम्परागत मूल्य मान्यता पनि माटोमै मिल्न पुग्यो । साथै अर्बौको आर्थिक क्षति भयो ।

भौतिक क्षति त छदै छ सयौँ मानिसहरु र हजारौँ जनावरको ज्यान त्यसै कालो दिन गयो । कसैको शिरबाट आमाबुबाको हात छुट्यो त कसेको बुडेसकालको साहारा (लौरि) भाचियो । कोहिले आफ्ना शरिरका अङ्ग गुमाएर अर्धजिवित अवस्थामा पुगेका थिए ।

त्यो कालो दिनमा आफ्नो ज्यान गुमाएका चिरआत्मा प्रति आजको अर्थ परिवार हार्दिक श्रद्धाञ्जली अपर्ण गदर्छ ।
प्रतिक्रिया