काठमाडौं- गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसद रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले आज शपथ लिएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा लामिछाने र डा. वाग्लेलाई शपथ गरायेका हुन् ।
लामिछाने चितवन -२ र वाग्ले तनहुँ- १ बाट निर्वाचित भएका थिए ।
उपनिर्वाचनमा बारा( २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवको भने आज शपथ भएन । उनक शपथ पछि हुने बताइएको छ ।
प्रतिक्रिया