आजको तरकारी तथा फलफूलको बजार भाउ, कुनको कति?

सोमबार, १८ बैशाख २०८०, ०८ : १२

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आज सोमबारको  फलफूल तथा तरकारीको बजार भाउ तोकेको छ।

 आज गोलभेडा, डल्लो भन्टा, र तितो करेला प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, रातो आलु ३० रुपैयाँ ४० पैसा, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ६७ पैसा, सुकेको प्याज, लौका र हरियो धनिया ३५ रुपैयाँ, लोकल गाजर, भेडे खुर्सानी जिरीको साग, चुकुन्दर र मटरकोशा ७५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली ३२ रुपैयाँ ५० पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, परवर ८५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, रायोको साग २९ रुपैयाँ, चमसूरको साग, पुदीना र सेलरी १४० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, तोरीको साग ३६ रुपैयाँ ६७ पैसा, मेथीको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरीलो ३३३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, कोइरालो, अनार, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ, दसहरी आँप १९३ रुपैयाँ ३३ पैसा, मौसम १६५ रुपैयाँ, किनु १४० रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ र आभोकाडो ५६६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

सोमबार, १८ बैशाख २०८०, ०८ : १२

प्रतिक्रिया