लोक सेवा आयोगका आवेदकहरुको डाटा बेपत्ता, पुन आवेदन दिन आह्वान

सोमबार, १८ बैशाख २०८०, ११ : ०६

काठमाडौँ - राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन गर्दै आएको सरकारी सर्भरबाट लोकसेवा आयोगले कर्मचारी आवेदन भर्ना खुल्ला गरेको सम्बन्धी लाखौं आवेदकको तथ्याङ्क (डाटा)बेपत्ता भएसँगै तनावमा रहेको लोकसेवा आयोगले गत मंसिरदेखि यता आवेदन दिएकाहरुको शाखा अधिकृत तथा नायब सुब्बा पदमा पुनः आवेदन दिन आह्वान  गरेको छ ।

लोकसेवा आयोगका प्रबक्ता तोय नारायण सुवेदीले हिजो एक बिज्ञप्ती प्रकाशित गर्दै लोकसेवा आयोगमा आवेदन दिएकाहरुको डाटा सरकारी सर्भर जिआइडिसीबाट हराएको जनाउँदै पुनः आवेदन दिन आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा गत फागुन २३ गतेबाट उक्त समस्या आएको र सो समस्याको समाधान गर्न सरकारी सर्भरका प्राविधिकहरु असफल भएकोले आयोगको डाटा रिकभरी गर्न असम्भव भएको आयोगले जनाएको छ ।

आयोगको सूचना अनुसार २०७९ मंसिर महिनामा प्रकाशित रा प तृतीय श्रेणी (अप्राविधिक),पौष महिनामा प्रकाशित राप अन (प्रथम श्रेणी)अप्राविधिक र माघ महिनामा प्रकाशित राप अन प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा पाँचौं तहमा आवेदन दिएकाहरुले सो विज्ञापनमा पुन दरखास्त आह्वान गरिएको लोक आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी गराएका छन् ।

आयोगले आफूसँग यसअघि आवेदन दिई बैंकमार्फत भौचर बुझाएकाहरुको विवरण सुरक्षित रहेकोले सोही भौचरका आधारमा पुःन आवेदन भर्न आह्वान गरिएको हो ।

डाटा रिकभरी नभएकोले यसअघि आवेदन दिएको आधारमा परिक्षा दिन नपाइने र पुनः आवेदन भरेपछि मात्रै परिक्षा दिन पाइने आयोगले जनाएको छ ।

  
 

सोमबार, १८ बैशाख २०८०, ११ : ०६

प्रतिक्रिया