चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण

मंगलबार, १९ बैशाख २०८०, १४ : ००

काठमाडौँ-  चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । 

मंगलबार आर्थिक वर्ष २०७९र८० को  वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो ।


योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।

मंगलबार, १९ बैशाख २०८०, १४ : ००

प्रतिक्रिया