रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु

मंगलबार, १९ बैशाख २०८०, १५ : २३

काठमाडौँ-  चितवनस्थित घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो । 

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर हो । ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो ।  उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

मंगलबार, १९ बैशाख २०८०, १५ : २३

प्रतिक्रिया