काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ ।
जस अनुसार, अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ७६ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
प्रतिक्रिया