काठमाडाँ- नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ छन् मोबाइल बजारमा उपलब्ध गराएको छ ।
“ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५ जि मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जि ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो ।” मोबाइलको बारेमा जानकारी दिंदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर श्री प्रणय रत्न स्थापितले भन्नु भयो ।
मोन्स्टर क्लिक्स
ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ । यस्तै, यसमा सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५ जिको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ ।
मोन्स्टर पावर
यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई “पावर मोन्स्टर” बनाइदिएको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ । तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ । स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने भएकोले तपाईंको फोन छिट्टै चार्ज हुन सक्छ।
मोन्स्टर पर्फरमेन्स
ग्यालेक्सी एम १४ ५ जि “पर्फरमेन्स मोन्स्टर” पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्दछ । यसमा पावर गुणदायक सिपियु संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५ जि मा भएको ¥याम प्लस् विशेषताले १२ जिबिसम्म ¥यामको क्षमता बढाउन सकिन्छ ।
प्रतिक्रिया