‘आरबीबी म्युचुअल फन्ड–२’मा वैशाख ३१ गतेसम्म आवेदन दिने म्याद थप

विहीबार, २१ बैशाख २०८०, ०८ : ४३

काठमाडौं - आरविवि म्युचुअल फण्ड अन्तरर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिन समय थप भएको छ। वैशाख १७ गतेदेखि बिक्रीमा आएकोसो फण्डको इकाईका लागि अब वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

यस अवधिमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा वैशाख ३१ गतेभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ। प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको हो ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

आरबीबी मर्चेन्ट बैंकिङ यो म्युचुअल फन्डको योजनाका व्यवस्थापकका रुपमा रहेको छ। 

विहीबार, २१ बैशाख २०८०, ०८ : ४३

प्रतिक्रिया