पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौँ ल्याइँदै

विहीबार, २१ बैशाख २०८०, ०८ : ५८

काठमाडौँ - पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ ।

काठमाडौँ आउँदै गरेका अवस्थामा उहाँलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दीपसँगै उहाँलाई पनि काठमाडौँ ल्याइँदै छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।

उहाँका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उहाँ पनि संलग्न रहेको आरोपमा बुधवार उहाँ माथि पक्राउ पुर्जी जारी गरिएको थियो ।

तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

विहीबार, २१ बैशाख २०८०, ०८ : ५८

प्रतिक्रिया