विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

विहीबार, २१ बैशाख २०८०, ०९ : ३९

काठमाडौँ-  नेपाल राष्ट्र बैङ्कले आज विहिवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २२ पैसा र युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा छ ।

 त्यस्तैअष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ २९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९ रुपैयाँ ६८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

विहीबार, २१ बैशाख २०८०, ०९ : ३९

प्रतिक्रिया