मोदी इनर्जीको आइपीओ अपडेट : ९४ लाख भन्दा बढी कित्ताको लागि पर्यो आवेदन

शुक्रबार, २२ बैशाख २०८०, ०९ : १७

काठमाडौं - मोदी इनर्जीको आइपीओमा ९४ करोड ४६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (वैशाख २१ गते) सम्ममा ८ लाख ४० हजार ६४८ जना आवेदकले ९४ लाख ४६ कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.६९ गुणा बढी आवेदन हो । 

कम्पनीले वैशाख १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । केयर नेपालले २०७९ पुस ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।

शुक्रबार, २२ बैशाख २०८०, ०९ : १७

प्रतिक्रिया