काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । शनिबार बिहान काठमाडौँको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजरभोलि नै गराउने पनि बताए । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात् गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया