काठमाडौँ - गभर्नर महाप्रसाद अधिकारी २०८० वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा आयोजित गभर्नर अधिकारी 43rd SAARCFINANCE Governors’ Meeting and Symposium 2023 मा सहभागी हुनुभयो । कार्यक्रमको पहिलो दिन आयोजित 43rd SAARCFINANCE Governors’ Group Meeting मा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गर्नुभयो । सो अवसरमा उहाँले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताउनुभयो ।
उक्त बैठकमा माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू– राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गर्नुभएको थियो ।
बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो । दोस्रो सत्रमा बैंकका उप–निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न 'Prospects of Central Bank Digital Currency in the SAARC विषयक अध्ययनको नतिजा प्रस्तुत गर्नुभयो । सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशकDr. M. Farooq Arby ले उक्त बैंकको नेतृत्वमा सम्पन्न'The Use of Unconventional Policy Instruments by South Asian Central Banks'विषयक अध्ययनको नतिजा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको 'Climate Change and Green Financing:Initiatives & Outlook in South Asia' विषयक Symposium मा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले'Climate Change and Green Financing in Nepal' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बैठकमा सहभागी भई गभर्नर अधिकारी वैशाख २१ गते स्वदेश फर्कनुभयो ।
प्रतिक्रिया