यामाहा नेपालले ल्यायो  ‘ब्लु स्ट्रिक्स’

११ महिना अगाडि

काठमाडौँ - यहि बैसाख २२ गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ब्लु स्ट्रिक्स पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ब्लू स्ट्रिक्सु एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ब्लु स्ट्रिक्सु यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा म्यान(मेसिन अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

 ब्लु स्ट्रिक्सु कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ब्लु स्ट्रिक्सु ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

 ब्लु स्ट्रिक्सुको सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो, माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।

 


 

 

११ महिना अगाडि

प्रतिक्रिया