रहष्यमय हत्यालाई दबाउन चौतर्फी षडयन्त्र

सोमबार, २५ बैशाख २०८०, ११ : ३५

काठमाडौं – ठोरी गाउँपालिका– ५ क्षेत्रीलाइन बस्ने नन्द कुमारी खत्री (पौडेल) ले छोराको कर्तव्य गरी हत्या गरेको आरोपमा पर्सा प्रहरीमा किटानी जाहेरी दिइन । तर प्रहरीले अनेक कारण देखाउँदै जाहेरी लिन मानेन । नकुल भन्ने वर्ष २९ को उनको छोरा टलक बहादुर पौडेलको गत चैत्र २२ गते दुर्घटना भनिएको एउटा घटनामा रहष्यमय मुत्यु भयो ।

चैत्र २१ गते गाउँका तीन जना साथीहरुसँग भारतीय नम्बर प्लेटको गाडीमा सुवर्णपुरतिर घुम्न गए । स्थानीय नवीन होटलमा नास्ता खाएर वैदेशिक रोजगारको विषयमा छलफल गरे । नकुल पेशाले म्यानपावर सञ्चालक हुन । उनीहरुको त्यहाँ चर्काचर्की भयो । त्यहाँबाट उनीहरुले मन्द्रिका यादवको  बोलेरो गाडी बोलाएर पर्सा जिल्ला जिराभवानी गापा– १ जगातीयामा नकुललाई मार्ने नियतले टाउकोको भाग, छाती ,पेट र ढाडमा रडले प्रहार गरी घाइते बनाएको दिदी मन्जु पौडेलले बताएकी छिन । छलफलका लागि नकुललाई बोलाएर त्यहाँ लैजानेहरुमा ठोरीकै नागेन्द्र यादवको छोरा अ. वर्ष ३० को एकवाली यादव, शम्भु राउत यादवको छोरा अ. वर्ष ३२ को अभी यादव र इन्द्र बहादुर पाख्रीनको छोरा अ. वर्ष २८ को पृथ्वी पाख्रीन रहेका छन् ।

घटना किन रहष्यमय बन्यो ? मृतक टल बहादुर पौडेल, नकुलको दिदी मन्जु र पत्नी तारा लामाले आजको अर्थसित कुरा गर्दैै यो घटनालाई दुर्घटना मान्नै नसकिने बताएका छन् । जाहेरवाली आमा र परिवारका सदस्यहरु मृतकलाई हेर्न नजाँदै परिवार बाहिरका मानिसलाई शव बुझ्न लगाउनु, प्रहरीले पीडित पक्षलाई नै हतोत्शाही गर्नु, स्थानीय मानिसहरु र जनप्रतिनिधिहरुले पनि घटनाको छानबिन गर्न खोज्दा दबाब दिन खोज्नु जस्ता कुराहरुले योजनावद्ध रुपमा भाइको हत्या गरिएको मन्जुले ठोकुवा गरिन । स्थानीय शम्भुराम पौडेलले घटनाको बारेमा प्रहरीमा जानकारी दिदै यो घटनामा कसैको दोष नभएको र गाडी मृतक नकुललु नै चलाएको । उक्त समयमा गाडीमा नकुल रहको व्यहोरोका निवेदन दिए । यसलाई पत्नी तारा कुनै हालतमा स्विकार्न तयार छैनन् ।

नकुलले अहिलेसम्म गाडी चलाएका छैनन । उनीसति लाइसेन्स पनि छैन । प्रहरीले मापसे गरेर गाडी चलाएको भन्छ तर मापसे जाँच गर्ने भन्दा मरेको मान्छेको जाँच हुँदैन भन्छ । अर्को कुरा दुर्घटनाग्रस्त गाडीमा रहेका अरु कसैलाई पनि कुनै प्रकारको चोटपटक छैन । न त गाडी नै क्षतविक्षत वा टुटफुट भएको छ । दुर्घटना भएको गाडीमा चढेर साथमा रहेका केटाहरुले सेल्फी खिचेका छन् । ठोरी गाउँपालिकाका अध्यक्षको भनाइले त यो घटनालाई झनै रहष्यमय बनाएको छ । मृतक नकुलको भनाइ भन्दै उनले भनेका छन – उसले मलाई फोन गरेर यो घटनामा कसैको गल्ती छैन । म मरे पनि कसैलाई केही नगर्नु । जबकी उनले फोन गरेको भनेको समयमा उनको मृत्यु भैसकेको थियो । प्रहरी प्रशासन, स्थानीय राजनीतिक नेताहरु र गाउँलेहरु समेत यो घटनालाई ढाकछोप गर्न लागेकोले हत्या नै गरिएको परिवारको ठहर छ । आफ्नो पहँच नभएकोले न्याय नपाएको र न्यायको लागि राजधानी आएको मृतककी दिदी र श्रीमतीले आजको अर्थसित बताए । प्रहरीले लिन नमानेको जाहेरी यस्तो छ :

No description available.No description available.No description available.

सोमबार, २५ बैशाख २०८०, ११ : ३५

प्रतिक्रिया