मिर्मिरे लघुवित्तको नाफा घट्यो

बुधबार, २७ बैशाख २०८०, ०८ : ३९

काठमाडौं -  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ६३.८३% ले थोरै हो । गत वर्ष यसले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यता, कम्पनीको खुद ब्याज आम्दानी २४.०२% र सञ्चालन नाफा ६३.८३% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।  गत वर्ष १९ रुपैयाँ १५ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा घटेर १४ रुपैयाँ ४० पैसामा झरेको छ । 

चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३३ करोड ८९ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने १.९४% बाट बढेर ४.९३% भएको छ ।

बुधबार, २७ बैशाख २०८०, ०८ : ३९

प्रतिक्रिया