वाइक सर्भिसिङ सेन्टर अटोमाण्डु स्टेशन संचालनमा

११ महिना अगाडि

काठमाडौँ– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले शनिबार एक कार्यक्रमकाबीच अटोमाण्डु स्टेशनको उद्घाटन गरेका हुन् ।

 नेपाली बजारमा उपलब्ध जुनसुकै ब्राण्डका मोटरसाइकल र स्कुटरलाई सर्भिसिङ प्रदान गर्ने तथा जेन्नयुन पार्ट्स, ट्युव, फिल्टर, लुब्रिकेन्ट्स, टायर, लगायतका समान उपलब्ध गराउने उदेश्यले अटोमाण्डु स्टेशन संचालमा ल्याइएको हो । सो सर्भिस सेन्टरलाई विगत १० वर्षदेखि अटोमोवाइल क्षेत्रमा आवद्ध राहुल शर्माले संचालनमा ल्याएका हुन् ।

उनले भने, ‘अटोमाण्डु एक व्यवस्थित सर्भिस सेन्टर हो । हामीले गुणस्तरिय तथा टिकाउ सामान प्रयोग गर्छौ । ग्राहकलाई सन्तुष्ट बनाउछौं । युवाहरुको पहिलो रोजाई अटोमाण्डु बन्न सफल हुनेछ । हामी नाफामुखीभन्दा पनि स्तरिय सेवा प्रदान गर्छौ । मल्टिब्राण्ड सर्भिसिङ सेन्टर हो अटोमाण्डु । कर्पोरेट सर्भिसिङ प्लान हामीले बनाएका छौं ।’

 
सर्भिसिङ सेन्टरसँगै क्याफे तथा रेष्टुरेन्ट पनि संचालनमा छ । वाइक तथा स्कुटर सर्भिसिङ हुदैगर्दा रिफ्रेसमेन्टका लागि क्याफे जान पनि सकिन्छ र कस्टमरका लागि लवि पनि छ । अटोमाण्डुमा करिव २ करोड रुपैयाँभन्दा धेरै लगानी भएको शर्माले जनाकारी दिए । सो सर्भिस सेन्टरमा १५ जनाले रोजगारी पाएका छन् ।

११ महिना अगाडि

प्रतिक्रिया