उपायको नयाँ प्लेटफर्म सार्वजनिक

सोमबार, ०१ जेठ २०८०, १२ : ३१

काठमाडौँ - नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपाय एक इनोभेटिभ प्राविधिक प्लेटफर्म हो। जसले गुणस्तरीय लजिस्टिक सेवा र समाधानहरु प्रदान गर्दछ। नेपालका विभिन्न सहरमा सामानहरुको वितरण प्रणाली परिवर्तन गर्न प्रतिबद्ध छ। 

यिनै कुरालाई ध्यानमा राख्दै उपायले हालै कोल्ड चेन लजिस्टिक सोलसनु ‘प्रोनगो’ ल्याएको छ। प्रोनगो– तरकारी, फलफूल, आइसक्रिम, डेरी उत्पादन, माछा–मासु, जमेको खाद्य बस्तु र अन्य वस्तुको ताजापन र गुणस्तर कायम राख्नका लागि तापक्रम नियन्त्रण गर्ने प्रविधि हो। प्रोनगो चिल्ड र फ्रोजन दुवै ब्याग र बक्समा उपलब्ध छ। जसमा फ्रोजनमा १६ घन्टासम्म माइनस १५ डिग्री सेल्सियसदेखि माइनस २५ डिग्री सेल्सियसको तापक्रम कायम गर्छ भने चिल्डमा ४८ घण्टासम्म २ डिग्री सेल्सियदेखि ८ डिग्री सेल्सियको तापक्रम कायम गर्छ। 

इनोभेटिभ फेज चेन्ज मेटिरियल्स (पीसीएमएस) राखिएको ट्याबहरुले ब्याग र बक्समा तापक्रम स्थिर राख्छ। ढुवानी र भण्डारणको समयमा पनि यो प्रविधिलेतापमान स्थिर र उपयुक्त दायराभित्र रहनेग्यारेन्टी दिन्छ।

यो तापक्रम नियन्त्रण नेपालको लजिस्टिक र सप्लाई चेन उद्योगका लागि विशषे गरी उत्पादनको ताजापन र गुणस्तरमा भर परेका उद्यमका लागि धेरै महत्वपूर्ण माध्यम हुनेछ। यो प्रविधिले फोहोर कम गर्न र सप्लाई चेनको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ।

उपायले प्रोनगोमार्फत नेपालमा कोल्ड चेन लजिस्टिक समाधानकालागि नयाँ बेन्चमार्क सिर्जना गर्दैछ। छिट्टै बिग्रिने खानेकुरा ढुवानी गर्दा गुणस्तर र ताजापन कायम राख्नु महत्वपूर्ण हुन्छ। ताजा तरकारी र फलफूल, मासु, आइसक्रिम, माछा र जम्ने खाद्यवस्तुजस्ता तापक्रम नमिल्ने कारण छिट्टै बिग्रिन्छन्। त्यसलै यो सबैभन्दा राम्रो समाधान हो। 

यो किफायती पनि छ। जसले गर्दा यसलाई सबै उद्यमहरुका लागि आकर्षक विकल्प बनाउँछ। यो प्रविधिले नेपालको कोल्ड चेन उद्योगलाई बदल्नेछ र उद्यमहरुमा महत्वपूर्ण मूल्य सिर्जना गर्नेछ। 

सोमबार, ०१ जेठ २०८०, १२ : ३१

प्रतिक्रिया