काठमाडौं- प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जा दुरूपयोग भएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले उत्पादकत्व र रोजगारी बृद्दि गर्न नसकेके बताउँदै ठुलो मात्रामा कर्जा देशका केही सीमित व्यक्तिले मोज गरेको बताए ।साथै उनले कर्मचारी युनियनहरुको प्रशंसा गरे भने निर्माणाधिक भवनको अवलोकन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, मैले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत छु । गभर्नरज्युसँग पटक पटक छलफल भईरहेको छ। प्रधानमन्त्री प्रचण्डले मौद्रिक र वित्तिय नीतिका रूपमा राम्रो सुधार भएको बताउँदै रसिया युक्रेन युद्दले आर्थिक सुधारको योजनालाई थप चुनौति थपेको बताए ।
प्रतिक्रिया