काठमाडौं - अर्थतन्त्रका विविध विधाहरुलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा गति लगायत लगायत समष्टिगत आर्थिक सूचकहरू तथा सम्बन्धिहरू सार्वजनिक गरेको छ ।
देशको शासन प्रणालीमा भएको परिवर्तनात् प्रादेशिकत मापन गर्न र प्रदेशहरूमा देखिएका सामाजिक तथा आर्थिक विभेदहरूलाई न्यून गर्न आवश्यक नीति निर्माण गर्न र विकासका गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशस्तरको कुल उत्पादन अत्यावश्यक हुन्छ । कार्यालयले समष्टिगत आर्थिक सूचकहरूमध्येको महत्वपूर्ण सूचक प्रदेशस्तरको कुत्त गार्हस्थ्य उत्पादनको अनुमान गर्ने कार्य आ.व. २०७५/७६ देखि शुरु गरेको थियो । यसरी अनुमान गर्ने सिलशिलामा कार्यालयले विश्वमा प्रचलित एक विधि (Top-down-approach) मा आधारित भएर उपलब्ध तथ्याङ्कको उच्चतम उपयोग गरेको छ । यस विधि अनुसार राष्ट्रिय तहमा अनुमान गरिएको आर्थिक कियाकलापहरूका वर्गीकरण अनुसारका प्रत्येक क्षेत्रको कुल मूल्य अभिवृद्धिका अनुमानहरूलाई उपयुक्त सूचकको आधारमा प्रदेश तहमा विभाजन गरिन्छ । यसरी गरिएको बांडफाँडको विश्वसनीयता प्रदेश तहका उपलब्ध सूचकहरूमा भर पर्दछ । राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन system of national accounts 2008 मा आधारित भएर अन्तर्राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरणको संस्करण ल्क्क्ष्ऋ चभख द्ध अनुसार तयार गरिएको छ र सोहि अनुसारका वर्गीकृत २१ आर्थिक क्रियाकलापहरुलाई१८ क्रियाकलापहरुमा समावेश गरी प्रदेशस्तरका अनुमानहरू तयार गरिएको छ ।
राष्ट्रिय लेखाका स्थिर मुल्यका अनुमानहरु आ.व. २०६७/२०६८ को मूल्यमा आधारित भएर तयार गरिएको छ । चालु आ.व. २०७९/८० को अघिल्ला छ देखि नौ महिनासम्मका उपलब्ध आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवम् बाँकी अवधिको अवस्था सामान्य रहने अपेक्षा गरी यस आ।ब।को वस्तु तथा सेवाको उत्पादनको प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्गका आधारमा विगत आ.ब. २०७८/७९ को संशोधित अनुमान र आ.व. २०७७/७८ को अन्तिम अनुमान समेत तयार गरी प्रकाशित गरिएको छ । यस कार्यालयको राष्ट्रिय लेखा तथ्याइ परिमार्जन नीति बमोजिम चालु आर्थिक वर्ष र आ.व. २०७८/७९ का अनुमानहरूलाई क्रमशः परिमार्जन सहित प्रकाशन गरिदै लगिने छ ।
हालका दिनहरूमा नेपालमा COVID 19 को प्रभावको अवस्था छैन । तथापी विश्वका अन्य देशहरूमा भएका घटनाले आपूर्ति देखना खनवतीको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य वृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेको छ । यस वर्षको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धि दरको अनुमान उपभोक्ताको मूल्यमा १.८६% हुने अनुमान तथा अघिल्लो आ.ब. को संशोधित आर्थिक वृद्धि दर ५.६१%भएको विवरण पाहिले नै प्रकाशित गरि सकिएको छ।
२. प्रदेश तहको वार्षिक कुल गार्हस्थ्य उत्पादन
यस आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ५३ खर्व ८१ अर्व हुने अनुमान गरिएकोमा सबैभन्दा बढि ३६.८ %योगदान सहित बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु.१९ खर्व ८१ अर्व हुने अनुमान छ भने सबैभन्दा कम ४.१% को योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब रु.२ खर्व २१ अर्बको हाराहारी हुने अनुमान छ । वागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा वढि योगदान पुर्याउने प्रदेशहरूमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदुरपश्चिम पर्दछन् ।
कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर चालु आ।व। मा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ % अनुमान गरिएकोमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबै भन्दा बढि ३.३% र बागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४% रहने अनुमान गरिएको छ । संशोधित अनुमान अनुसार गत आ.व.मा गण्डकी प्रदेशको बृद्धिदर सबै भन्दा वढि ६.३५ % देखियो भने मधेश प्रदेशमा सबैभन्दा कम दर ४.६% रहने देखियो ।
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापहरुलाई हेर्दा गत आ.ब.र यस आ.व.मा बागमती प्रदेश आहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढि देखिन्छ । यसो हुनुमा यस प्रदेशमा बढ्दो शहरीकरण, बढि जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोवारहरु आदि हुन् । त्यसैगरी राष्ट्रिय तह दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा में कायम रहेको छ भने बागमती प्रदेशमा घरजग्गा सम्बन्धि कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको देखिन्छ । बाग्मती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ ।
कोशी प्रदेशः यस आ।व।मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु.८ सर्व ४९ अर्ब हुने अनुमान छ भने गत आ.ब.को संशोधित अनुमान करिव रु. ७ खर्व ८० अर्व रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ % योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ ५ थियो भने यस आ.ब.मा संकुचन आई २.०% मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.२ % कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.३ ८ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने छ ।
मधेश प्रदेशः यस आ.ब.मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु.७ सर्व ७ अर्व हुने अनुमान छ भने गत आ.व. को संशोधित अनुमान करिव रु.६ खर्व ५० अर्व रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१% हिस्सा ओगटेको यस प्रदेशले यस आ।ब।मा समेत १३.१% योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व.मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.६३% थियो भने यस आ.ब.मा संकुचन आई १.६९% मात्र कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३५.२५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२४ खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।
बागमती प्रदेशः यस आ।व। मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. १९ खर्व ८१ अर्व हुने अनुमान भने गत आ.व. का संशोधित अनुमान करिव रु.१८ खर्व १९ अर्व रहेको गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५% हिस्सा ओगटेको यस प्रदेशले यस आ।व।मा ३६.८६%योगदान पुर्याउने अनुमान गरिएको छ। यसै गरी गत आ.ब. मा कुल गार्हस्य उत्पादनको वृद्धि दर ६.३०% थियो भने यस आ।व।मा संकुचन आई १.४४%कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २३.६%व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३% पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू क्षेत्रको रहेको छ ।
गण्डकी प्रदेशः यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ४ खर्व ८२ अर्व हुने अनुमान छ भने गत आ.व. का संशोधित अनुमान करिब रु.४ खर्व ३७ अर्ब रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९% हिस्सा ओगटेको यस प्रदेशले यस आ.ब.मा ९.०%योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आ.ब. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३५% थियो भने यस आ।व।मा संकुचन आई ३.२६% मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २५.९% कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३% प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
लुम्बिनी प्रदेशः यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ७ खर्ब ६२ अर्ब हुने अनुमान छ भने गत आ.ब.का संशोधित अनुमान करिव रु. ६ खर्व ९७ अर्व रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१%स्सा ओगटेको यस प्रदेशले यस आ.व.मा १४.२% योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आ.ब. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.०३%थियो भने यस आ।व।मा संकुचन आई २.०६% मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २९.८४ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३% प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
कर्णाली प्रदेशः यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु.२ खर्व २१ अर्व हुने अनुमान छ भने गत आ.व.का संशोधित अनुमान करिव रु.२ खर्व १ अर्व रहेको छ । गत आ।व।मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१%हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ४.१% योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.३२% थियो भने यस आ।व।मा संकुचन आई १.९१% कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३०.८ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२४ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
सुदुरपश्चिम प्रदेशः यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु.३ खर्ब ७६ अर्ब हुने अनुमान छ भने गत आ.व. का संशोधित अनुमान करिव रु.३ खर्ब ४५ अर्व रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.०%हिस्सा ओगटेको यस प्रदेशले यस आ।ब।मा समेत ७.०५ योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.७८% थियो भने यस आ.व.मा संकुचन आई १.७८% कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा वढि योगदान ३३.४% कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१% प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
प्रतिक्रिया