बढुवा खान पोखरेलको तिब्र दौड

बुधबार, ०३ जेठ २०८०, १० : ५५

काठमाडौं-  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए, उप प्रधानमन्त्री ईश्वर पोखरेल । २०७७ मा उप–प्रधानमन्त्री पोखरेलकहाँ पुगिन् ‘लेडि इन्स्पेक्टर’ चेतना पोखरेल । पारिवारिक नाता गाँसेर उनले पोखरेलसँग मेडल दिन आग्रह गरिन् । प्रहरी प्रधान कार्यालयको सिफारिस बिना सिधै उप प्रधानमन्त्रीको आदेशमा मेडल लिएको भनेर संगठनमा उनको तिब्र आलोचना भएको धेरै भएको छैन् । 

प्रहरी निरिक्षक पोखरेल प्रभाग पुल्चोकको प्रमुख हुँदा पनि तत्कालिन कमाण्डरसँग ‘मुख लागेको’ आरोपमा पटक–पटक विवादमा तानिएकि थिइन् । अहिले उनि डिएसपी हुने दौडमा छिन् । 
अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा कार्यरत चेतना अहिले प्रहरी नायव उपरिक्षक (डिएसपी) हुने दौडमा छिन् । १५८ औं समूहकी चेतना अहिले सवैभन्दा धेरै शक्तिकेन्द्र धाउने अफिसरको रुपमा परिचित छिन् । 

प्रहरी प्रधान कार्यालयले २९ वैशाखमा २२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको थियो । सो सिफारिसबारे अन्तिम निर्णय भएसँगै इन्स्पेक्टरबाट डिएसपीमा बढुवा सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । 
प्रधान कार्यालयले बढुवा तयारी गरेसँगै पोखरेलले पनि शक्तिकेन्द्रमा तिब्र दौडधुप बढाएकी छन् । अख्तियारमा कार्यरत उच्च अधिकारी र महान्यायाधीवक्ता डा. दिनमणी पोखरेल मार्फत उनले हस्तक्षेप बढाएको उनका ब्याचमेटहरु बताउँछन् ।

२०७० चैतमा सेवा प्रवेश गरेकी चेतनासँगै डिएसपी हुन १४४ जना प्रतिस्पर्धामा छन् । तर, डिएसपीको दरबन्दी चाहिँ ४४ जना मात्रै रिक्त छ । तालिम सकेर पास आउट हुँदा सिरियल नम्बर २५ मा रहेकी चेतनाको दौड देखेर उनका ब्याचमेटहरु नै चकित हुने गरेका छन् । यसबारे इन्स्पेक्टर पोखरेलसँग सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहिनन् ।

बुधबार, ०३ जेठ २०८०, १० : ५५

प्रतिक्रिया