यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

११ महिना अगाडि

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३४
रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँप्रति केजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, लोकल सिमी ६० रुपैयाँ, भटमास कोसा ११० रुपैयाँ, तिते करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवल ८० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, घिरौंला ४० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, कन्यच्याउ ९० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, बन्दा १० रुपैयाँ, कुरीलो ३०० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ प्रति केजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११० रुपैयाँ, पालुंगो साग ११० रुपैयाँ, मेथिको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, रायो साग ४० रुपैयाँ, धनियाँ ५० रुपैयाँप्रति केजी तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४० रुपैयाँ, भारतीय दसहरी आँप २२० रुपैयाँ, मौसम १५० रुपैयाँ, अनार २५० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ र मेवा नेपाली ६० रुपैयाँतोकिएको कालीमाटी फलफूलबजार विकास समितिले उल्लेख गरको छ ।

११ महिना अगाडि

प्रतिक्रिया