ट्विटरको नयाँ सुविधा सार्वजनिक

शुक्रबार, ०५ जेठ २०८०, १२ : ५७

काठमाडौँ - अब ट्विटरमा २ घन्टासम्मको लामो भिडियो अपलोड गर्न सकिने भएको छ। 

ट्विटरको ब्लु टिकका साथ भेरिफाइन्ड सब्सक्राइबर प्लेटफर्ममा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ। 

ट्विटरका सीईओ एलन मस्कले ट्विट गरेर यो नयाँ सुविधाबारे जानकारी गराएका हुन्। यद्यपि प्रयोगकर्ताले अधिकतममा ८जीबीसम्मको भिडियो अपलोड गर्न सक्नेछन्। 

यसअघि प्रयोगकर्तालाई यो प्लेटफर्ममा १ घन्टा ९अधिकतम २जीबी०सम्मको भिडियो अपलोड गर्न सक्ने सुविधा दिइएको थियो। 

नर्मल ट्विटर प्रयोगकर्ता ९नन–ब्लु टिक सब्सक्राइबर०ले भने यो सुविधा प्रयोग गर्न पाउने छैनन्। जसलाई ट्विटरमा २ घन्टासम्मको भिडियो अपलोड गर्न चाहन्छन्, उनीहरुले ट्विटरको मन्थली ब्लु सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। नन–ब्लु टिक सब्सक्राइबरले अहिले ट्विटरमा केवल २ मिनेट २० सेकेन्डसम्मको भिडियो अपलोड गर्न सक्छन्। –एजेन्सी

 

शुक्रबार, ०५ जेठ २०८०, १२ : ५७

प्रतिक्रिया