काठमाडौँ - सरकारले श्रमिक हेल्प डेक्सलाई थप प्रभावकारी बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगमी वर्ष वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको समस्या समाधान गर्न खोलिएका हेल्प डेक्सलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।
वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले भोग्दै आएका विभिन्न खालका समस्या तत्काल समाधान गर्नको लागि सरकारले हेल्प डेक्सलाई प्रभावकारी बनाउने बताएका हुन् । विदेशमा रहेका नेपाली राजदूतावास तथा नियोगहरूमा रहेका हेल्प डेक्सलाई थप प्रभावकारी बनाउन खोजेको हो ।
प्रतिक्रिया