विद्युतीय सवारी साधानको आयातमा बाहिरियो ८ अर्ब

१० महिना अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बढी बाहिरिएको छ। 

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।

अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो।

वैशाखमा मात्रै ५०३ वटा विद्युतीय सवारीसाधन भित्रिएको छ।

यसैगरी वैशाखसम्म विदेशबाट २०० किलोवाटसम्मको ६६ वटा र ३०० किलोवाटका ७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। जसमा क्रमशः २७ करोड ५७ लाख रुपैयाँ र ४ करोड रुपैयाँ बाहिरिएको छ। 

चैत महिनासम्म २०० किलोवाटका ६५ वटा र ३०० किलोवाटका ६ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए। 

 

१० महिना अगाडि

प्रतिक्रिया