यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

८ महिना अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ। हिजोको तुलनामा डलर तथा युरोको मूल्य आज घटेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७।८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ रहेको छ।

साथै, क्यानेडियन १ को खरिददर ९७.८६ र बिकी दर ९८.३१ मा आज कारोबार भइरहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा हुदाँ साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ पुगेको छ । उसको बिक्री दर ३५.४२ रुपैयाँ छ।

मलेसियन रिंगिट एकको खरिद दर २९.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

८ महिना अगाडि

प्रतिक्रिया