२० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउदैँ बागमती सरकार

१० महिना अगाडि

काठमाडौँ- बागमती प्रदेश सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ। 

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने नीतिसहित आज एक सूचना प्रकाशित गरेको हो। 

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार दर्ता भएको मितिले विद्युतीय सवारीसाधनको हकमा ३० वर्ष र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघटेपछि सार्वजनिक सवारीसाधन पत्रु गर्नुपर्ने व्यवस्था छ। 

सोही व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम हालसम्मको राजस्व बुझाई त्यस्ता सवारीसाधन पत्रु गर्ने कार्य सम्पन्न गर्न मन्त्रालयले सम्बन्धित सरोकारवालालाई सूचनामार्फत निर्देशन दिएको छ। 

त्यस्ता सवारीसाधन पत्रु गर्न मन्त्रालयले ३५ दिनको समयसीमा दिएको छ। 

१० महिना अगाडि

प्रतिक्रिया