काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनश सेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। बोनस तथा र साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। अर्थात आज जेठ १० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र उक्त प्रस्तावित लाभांश प्राप्त गर्नेछन।
कम्पनीले आफ्नो ३५औं वार्षिक साधारण सभा जेठ २२ गते आफ्नै कन्द्रीय कार्यालय,लाजिम्पाटमा सभा बोलाएको छ।
सभाले सचालक समितिको तर्फवाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८र७९ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतको प्रस्ताव छन् ।
प्रतिक्रिया