‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

११ महिना अगाडि

काठमाडौँ - सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसक्नुभएको छ ।
 
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले  जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसक्नुभएको सञ्चारविज्ञ केसीले जानकारी दिनुभयो । 

११ महिना अगाडि

प्रतिक्रिया