यामाहाले लन्च गर्यो नयाँ बाइक, कस्ता छन् फिचरहरु ?

११ महिना अगाडि

काठमाडौँ - यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु मूल्यमा लन्च गरेको छ । यसमा ब्ल्याक र गोल्डेन रङ प्रयोग गरिएको छ । जसले बाइकलाई निकै आकर्षक बनाएको छ ।

 कम्पनीले आर१५ भी४ डार्क नाइट एडिसनको इन्जिन र पावरमा कुनै परिवर्तन गरेको छैन । यसमा १५५ सीसीको लिक्विड कुल्ड, ४ भल्भ इन्जिनको प्रयोग गरिएको छ, जसले १८.४ एचपीको पावर र १४.२ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा स्लिपर क्लचसहित ६ स्पिड गियरबक्स दिइएको छ ।

कम्पनीले सो बाइकमा डेल्टा बक्स फ्रेम प्रयोग गरेको छ । आरामको लागि बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन युनिट प्रयोग गरिएको छ । सेफ्टीका लागि बाइकमा ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस जडान गरिएको छ ।

यामाहा आर१५ भी४ बाइकले भारतीय बजारमा जिक्सर एसएफ२५० र केटीएम आरसी २०० सँग प्रतिस्पर्धा गर्नेछ । हाल सो बाइकसँग प्रतिस्पर्धा गर्न हिरो मोटोकर्पले चाँडै नै फुल्ली फेयर्ड करिज्मा एक्सएमआर लन्च गर्ने योजना बनाइरहेको छ ।
 

११ महिना अगाडि

प्रतिक्रिया