आज बिहान इसेवा अवरुद्ध हुने

शुक्रबार, १२ जेठ २०८०, ०७ : २०

काठमाडौं - शुक्रबार (आज)बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएका छन् । १२:१५ बजेदेखि बिहान २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएका छन् । 

इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।  

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।

 
शुक्रबार, १२ जेठ २०८०, ०७ : २०

प्रतिक्रिया