समिट लघुवित्तको चौधौँ वार्षिक साधारण सभा स्थगित

१० महिना अगाडि

काठमाडौं - समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारण सभा स्थगित भएको छ ।

समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ । कम्पनीले साधारण सभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । 

सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।  यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो । 

सभामा गत वर्षको नाफाबाट १३.५६% बोनस सेयर र कर प्रयोजनको लागि ०.७१% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो । 

१० महिना अगाडि

प्रतिक्रिया