साईबर सेक्युरिटीद्धारा साईबर सुरक्षा सम्बन्धी एक दिने तालिम सञ्चालन

१० महिना अगाडि

काठमाडौं-  साईबर सेक्युरिटी सम्बन्धी कास्परस्काई कम्पनीको साईबर सुरक्षा सम्बन्धी एक दिने तालिम आज काठमाडौंमा सम्पन्न भएको छ । विश्वमा बढ्दै गएको साईबर सुरक्षा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले कास्परस्काई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको हो ।

वन कभर प्रा।लिको आयोजनामा काठमाडौंको टेक्सास इन्टरनेशल कलेजमा सम्पन्न भएको कार्यक्रममा वन कभरका प्रबन्ध निर्देशक चिरञ्जीवी अधिकारी, चिफ टेक्निकल अफिसर विष्णु अयर, सागर ग्रुपका विलक्षण श्रेष्ठले सहभागीहरुलाई नेपालमा साईबर सुरक्षाको अवस्था र सुरक्षाको लागि अपनाउनुपर्ने विषयमा आवश्यक तालिम दिएका थिए ।

टेक्सास कलेजमा अध्ययनरत म्यानेजमेन्ट तथा आईटी क्षेत्रका १०० भन्दा बढि विद्यार्थीहरुलाई तालिम तथा प्रशिक्षण दिइएको हो । टेक्सास कलेजकै सहयोगमा सञ्चालित प्रशिक्षण कार्यक्रममा सिएसआरआई नेपाल, एनपि सर्ट, सागर इन्फोसिसको सहभागिता रहेको थियो भने बीमापोष्ट र आईसिटी फ्रेम मिडिया पार्टनरको रुपमा सहभागी थिए भने सफ्टवयर पार्टनरमा सफ्टवयर स्टोरको सहभागी रहेको थियो ।

नेपालमा साइबर सुरक्षाको अवस्था जोखिमपूर्ण रहँदै आएको छ । आम प्रयोगकर्तामा साईबर सुरक्षाबारे आवश्यक सचेतना कम भएकोले मोबाईलको प्रयोग अझै जोखिमपूर्ण बन्दै गएको छ ।
नेपालमा कास्परस्काईले पहिलो पटक साइबर सुरक्षा सम्बन्धी तालिम दिएको हो । कास्परस्काई साइबर सुरक्षा सम्बन्धी एप्लिकेशन निर्माण गर्ने कम्पनी हो । कार्यक्रममा टेक्सास कलेज आईटी विभाग प्रमुख ओमकार बस्नेतले संयोजन गरेका थिए ।

१० महिना अगाडि

प्रतिक्रिया