हाटखोला मैदानमा एनसेल कन्सर्ट

१० महिना अगाडि

काठमाडौँ - चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोलि शनिबार, जेठ १३ गते हाटखोला मैदान, विराटनगरमा भव्य कन्सर्टको आयोजना गर्न गईरेहको छ । यसका लागि सम्पुर्ण तयारी पुरा भएको एनसेलले जनाएको छ । 

कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ–आफ्ना प्रस्तुतीहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजे सम्म चल्ने छ । 

यस सांगीतिक कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन् ।  

“म लगायत रिदम ब्यान्डका साथीहरु र अन्य थुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं । आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं,” दिपक बज्राचार्यले कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने । द एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले  भरपुर मनोरञ्जन प्रदान गर्न आफुहरु तयार रहेको बताएको छ । 

पुर्वमा रमाईलो गर्ने संयोग जुटेकोले दर्शकहरुलाई यो मौका नगुमाउन आषिश राना (लाउरे) ले सुझाव दिएका छन् । कन्सर्टको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले पनि यस कार्यक्रमको मजा लिन सक्नेछन् । 

यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ । यस स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् । यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।   

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।

 

१० महिना अगाडि

प्रतिक्रिया